Bhangara, Nepal
Bhangara, Nepal Village of Amar Gopal (Nepal) | |
---|---|
Village development committee | |
Bhangara, Nepal Location in Nepal | |
Coordinates: 28°09′N 83°43′E / 28.15°N 83.71°ECoordinates: 28°09′N 83°43′E / 28.15°N 83.71°E | |
Country | Nepal |
Zone | Dhawalagiri Zone |
District | Parbat District |
Population (1991) | |
• Total | 2,242 |
Time zone | Nepal Time (UTC+5:45) |
Bhangara, Nepal is a village development committee of the Parbat District of the Dhawalagiri Zone in central Nepal. It is located approximately 75 km from Pokhara City and 15 km from the district headquarters Kusma. At the time of the 1991 Nepal census, it had a population of 2242 people living in 421 households.[1]
Bhangara has one high school, Gramodaya High School, and five secondary schools: Majktera, Ulleri, Kaule, Sirubari and Betehani.
The residents of Bhangara are of numerous castes, most notably members of the Gurung, Bahun, Chhetri, Magar, Sharki, Damai, and Kami. They are Hindu, Buddhists and Christians.
राणा विरूद्ध संघर्ष
मुख्य लेख २००७ सालको क्रान्ति
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको वैधानिक कानून २००४ लागू गरे। त्यसैताका चीनले १९५०मा तिब्बत कब्जा गर्यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली काङ्ग्रेस पार्टीको सहभागिता थियो। नेपालको अन्तरिम शासन विधान २००७ निर्माण गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् राजा महेन्द्रले २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरे। जस अनुसार संसद्को निर्वाचन भयो, नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्यायो र विश्वेश्वर प्रसाद कोइरालाको अध्यक्षतामा नेपाली कांग्रेसको एकमना सरकार बन्यो। १९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलीय" पञ्चायत व्यवस्था लागू गरी राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। सन् १९८९को "जनआन्दोलन"ले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो[५] फलतः नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो। मे १९९१मा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान नेपाल अधिराज्यको संविधान २०४७को निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने।
बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनैतिक दलहरूको आपसी बेमेल तथा विसं २०५२मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरता तर्फ बढ्यो। २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माहिला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा संकटकालीन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो। फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विना संसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए।
राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनैतिक दलहरू आन्दोलनमा उत्रिए। सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनैतिक पार्टीहरूबीच २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँदिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो। माओवादी समेत सम्मिलित संयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो।
विसं २०६५, जेठ १५ गते बसेको संविधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिए। नेपालको दोस्रो संवैधानिक निर्वाचन पश्चात हाल नेपालका प्रधानमन्त्री सुशील कोइराला हुन् ।
भूगोल
मुख्य लेखहरू: नेपालको भूगोल तथा नेपालको खनिजशास्त्र
नेपालको भौगोलिक नक्सा
सुक्खा हिमाली पृष्ठभूमि
नेपाल मोटामोटी चारकुने आकारको छ । नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० माइल) र चौडाई २०० किलोमिटर (१२५ माइल) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ वर्ग माइल)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराई । यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यीनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन्। तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षिणमा चुरे तथा उत्तरमा माहाभारत शृंखलाले घेरिएका बिभिन्न सात वटा उपत्यकाहरूको समूह छ जसलाई भित्री मधेश पनि भनिन्छ। भारतसँग जोडिएको तराइ फाँट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त छ । नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल) को एउटा सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन् । यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।
पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फिट) उचांईका पर्वत पर्दछन् । यो क्षेत्रमा महाभारत लेक र सिवालिक शृंखला (चुरिया) नामका दुई साना पहाडी शृंखला मुख्य शृंखला हुन्। पहाडी क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा सहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ ।
हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमशृंखलाहरू पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वनविनास एक मुख्य हो जसले गर्दा भूक्षय र परिस्थितिकीय प्रणाली विनास हुन्छ। संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सीमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी पर्वतपृष्ठ (ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३ र ४) अन्नपूर्ण शृंखलामा पर्दछन् ।
नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन्। उष्ण तथा उपोष्ण क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, शीतोष्ण क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), उप-आर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र उत्तरी ध्रुवीय क्षेत्र ४,४०० मिटर(१४,४०० फिट) भन्दा माथि। नेपालमा छ ऋतुहरू छन्: ग्रीष्म, वर्षा, शरद्, शिशिर, हेमन्त र वसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसुनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् ।
नेपालका नदीहरू
कोशी नदी, गण्डकी नदी, कर्णाली नदी, महाकाली नदी, मेची नदी, कन्काई, बाग्मती, राप्ती नदी, भेरी नदी, सेती नदी, जोगमाई, माई, पूवामाई, देउमाई, र लिकु,
प्राकृतिक सम्पदा
नेपाल प्राकृतिक सम्पदाको धनी देश हो। सानो मुलुक भए तापनि हिमालदेखि तराईसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङ्ग, चराचुरूङ्गी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छन् । को विविधता त झन् विश्वमा उत्कृष्ट मानिन्छ। यहाँ ठूलोमा सारसदेखि सानोमा फिस्टो सम्मका चराचुरुङ्गी पाइन्छ।
अर्थतन्त्र
मुख्य लेख: नेपालको अर्थतन्त्र
नेपालमा कृषिले जनसङ्ख्याको ७६% जनसंख्या धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ । देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।[६]
नेपालको भूपरिवेष्ठित स्थिति[७] र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली सङ्घ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक वर्ष २००५/०६मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। वर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नैतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।
जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।
हिमालयको पुछारमा पाखो खेति
नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ। कृषि उत्पादनहरू —— मुख्यतया भारत सीमा नजीकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषि प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरूप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनैतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ। त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरीबी चर्को छ।[८] भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानी गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्, बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारीमा छ।
सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरि कूल ८२.२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरि जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन भारत (४७.५%), संयुक्त अरब इमिरेट्स (११.२%), चीन (१०.७%), साउदी अरेबिया (४.९%), र सिङ्गापुर (४%).
प्रशासनिक विभाजन
मुख्य लेखहरू: नेपालका अञ्चलहरू, नेपालका जिल्लाहरू, नेपालका विकास क्षेत्रहरू, तथा नेपालका शहरहरू
नेपालको प्रशासनिक विभाजन
नेपाल १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजित गरिएको छ । प्रत्येक जिल्लामा एउटा निश्चित प्रमुख जिल्ला अधिकारीद्वारा निर्देशित हुन्छ । प्रमुख जिल्ला अधिकारीको काम जिल्लामा विधान तथा शान्ति बहाल गर्नु र सरकारी मन्त्रालयहरूको काम सघाउनु हो । नेपालमा रहेका ५ विकास क्षेत्र र १४ अञ्चलहरू निम्न रहेका छन् :-
- पूर्वाञ्चल
- कोशी
- मेची
- सगरमाथा
- मध्यमाञ्चल
- बागमती
- जनकपुर
- नारायणी
- पश्चिमाञ्चल
- धवलागिरी
- गण्डकी
- लुम्बिनी
- मध्य-पश्चिमाञ्चल
- भेरी
- कर्णाली
- राप्ती
- सुदूर-पश्चिमाञ्चल
- महाकाली
- सेती
संस्कृति
नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरूमा धेरै समानताहरू पाइन्छन्। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौं धार्मिक अनुष्ठान एवं पूजा-आराधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवीपक्षबाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ जसअन्तर्गत बडादसैं पर्छ। यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। त्यसैले दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूणिर्मासम्म रहन्छ। पूणिर्माका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ।
शक्तिस्वरूपा देवी भगवतीका अनेकौं स्वरूप छन। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवीभागवतजस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा-आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ। नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन। दसैंका बेलामा आफूमा निहित ती शक्तिलाई प्रकट गरेर अभीष्ट पूरा गर्ने मनसायले प्रेरित भै मानिसहरूले अनेकौं साधना गर्छन।
दैवी शक्तिको आशीर्वाद पाएर विष्णुले मधुकैटभ नामक दैत्यको विनाश गरे। शक्तिकै सहायता पाएर देवताहरूले असुरमाथि विजय प्राप्त गरे। भृगु, अङ्गरिा, वशिष्ठ, विश्वामित्र, कात्यायन, जैमिनीप्रभृति ऋषिमुनिहरूले शक्तिको उपासनाबाटै सफलता प्राप्त गरे। राम, कृष्ण, युधिष्ठिर आदि पनि दुर्गा भवानीकै साधना र भक्ति गरेर महापुरुष भए। ब्रह्मा, विष्णु, महेशजस्ता त्रिदेव पनि महेश्वरीकै कृपा पाएर सृष्टि सञ्चालन गर्छन। त्यसैले देवीलाई सनातन वैदिक धर्ममा शक्तिको प्रतीक मानेर सम्मान गरिन्छ। उनको शक्तिबिना कुनै कार्य हुन सक्दैन। त्यसो भएको हुनाले मातृशक्तिका रूपमा पुजिने भगवतीको कृपा प्राप्त गर्न दसैंको अवसर पारेर उनलाई रिझाउने प्रयास गरिन्छ।
घटस्थापनाका दिनदेखि सुरु हुने दसैंको पहिलो दिन देवी स्थापना गरेर जमरा राख्ने कार्य हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामुहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोतघरहरूमा जमरा राखिन्छ। सम्पूर्ण विधि पुर्याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ। बिहान नुहाइधुवाइ गरी शुद्ध भएर पाठपूजा गर्ने, बेलुका सधैं आरती गर्ने कार्य दसैंभरि नियमित गर्नुपर्छ। पाँचौं दिनसम्म यही क्रम जारी रहन्छ भने छैटौं दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातले पूजा गरिन्छ। सातौं वा सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातका फूल चाहिन्छ। अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर बलि दिने तथा होमादि गर्ने कार्य हुन्छ। त्यस दिन कसैकसैले रातभरि भजन-कीर्तन पनि गर्छन। नवमीका दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि पशुबलि दिइन्छ। ब्राह्मणलाई जीवबलि शास्त्रले नै निषेध गरेको छ। त्यसैले ब्राह्मण तथा अन्य शाकाहारीले कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पीठोबाट पशुको आकृति बनाएर बलि दिन्छन। देवी सबैकी मातास्वरूप भएकीले बलि दिनैपर्छ भन्ने छैन। बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएको छ। नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ। देवीलाई खुसी पार्न सात्विक भावले आफूभित्रको पाशविक प्रवृत्तिलाई बलि दिनु नै उपयुक्त हुन्छ भन्ने कुरा नबुझेर नै पशुपन्छीको घाँटी रेट्ने कार्य भैरहेको हो कि ? तसर्थ शक्ति र साधनाको पर्व दसैंलाई हिंसारहित बनाउने कार्यमा लाग्नु पनि शक्ति प्राप्त गर्ने राम्रो उपाय हुनसक्छ। यसैगरी नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्यालाई यथाशक्ति पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ।
दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका-जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा यसै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको प्रसङ्ग आउँछ। यसका लागि रामले नारदको उपदेशबाट नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ। यसरी रावणमाथि रामले विजय पाएको हुनाले यस दिनलाई विजयादशमी अर्थात् बडादसैं भनिएको हो।
महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण शक्ति र साधनाको पर्व दसैं मनाउन थालिएको हो। सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ। अधिराज्यका कतिपय भागमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन देखिए पनि कतै-कतै आफ्नो परम्पराअनुसार दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ।
दसैं विशेष गरी नारी जातिको महिमा गाइने पर्व हो। 'यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् मानव सभ्यताको सुरूदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र नारीजातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ। महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज, चण्डमुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ। नारीबिनाको पुरुष अधूरो हुने भएकाले नारी शक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम् भूमिका निर्वाह गर्ने दसैंलाई आफ्नो शक्तिअनुसार मनाउनु उपयुक्त हुन्छ।
खाना
नेपालको सामान्य खाना भनेको दाल, भात, तरकारी, अचार हो। यस प्रकारको खाना एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको दुई पटक खाइन्छ। यी खानाहरूको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा गहुँ, मकै , कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरू सेवन गर्दछन्।
शिक्षा
नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो। यसभन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो। आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन। तर देशका बिभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए। नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौंमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनैतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन्।
नेपालका विश्वविद्यालयहरू
- त्रिभुवन विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो राष्ट्रिय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ। हाल यो विश्वविद्यालयमा १,५०,००० विद्यार्थी अध्यनरत छन्। कृषि तथा पशु विज्ञान, वनविज्ञान, इन्जिनियरिंग, विज्ञान तथा प्रविधि , चिकित्साशास्त्र , समाजविज्ञान , मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकीमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ। यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६ सम्वन्धन प्राप्त क्याम्पसहरू रहेका छन् । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा ७५ प्रतिशत भन्दा बढीको भार बोकीरहेको छ। साथै यो विश्वविद्यालय नेपालको थिंकट्यांकको रूपमा पनि चिनिन्छ। त्रिभुवन विश्वविद्यालयको वेव साइट
- महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको ): नेपालको दोस्रो पुरानो र काठमाडौँ उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय १९८६ मा स्थापना भएको हो। संस्कृत शिक्षाको उच्च तह आयुर्वेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको कार्यालय वसन्तपुरमा रहेको छ। नेपाल संस्कृत विश्वविद्यालय वेव साइट
- काठमाडौं विश्वविद्यालय: सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो तथा एकमात्र निजी विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा रहेको छ । व्यवस्थापन, वाणिज्य, विज्ञान तथा चिकित्साशास्त्रको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। हाल काठमाडौँ विश्वविद्यालयमा २०७२ जति विद्यार्थी अध्यानरत छन। काठमाडौँ विश्वविद्यालय वेव साइट
- पूर्वाञ्चल विश्वविद्यालय: पूर्व नेपालको विराटनगर सहरमा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो पूर्वाञ्चल विश्वविद्यालय वेव साइट
- पोखरा विश्वविद्यालय: पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा क्याम्पस रहेका छन। पोखरा विश्वविद्यालय वेव साइट
- लुम्विनी विश्वविद्यालय: सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुध्द दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुध्दको जन्मस्थल लुम्विनीमा स्थापना भएको छ।
- नेपाल कृषि तथा वन विश्वविद्यालय (स्थापना हुन बाँकी): कृषीप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्व दर्साउन त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशुविज्ञान अध्यान संस्थानको भरतपुरको रामपुर स्थित केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषि क्याम्पस, पक्लिहवा भैरहवाको पक्लिहवा कृषि क्याम्पसका साथै हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरामा अवस्थित वनविज्ञान क्याम्पस लाई मिलाई कृषि तथा वन विश्वविद्यालय, भरतपुरमा निकट भविष्यमा स्थापना हुँदैछ।
- मध्यपश्चिमाञ्चल विश्वविद्यालय(स्थापना हुन बाँकी): सुर्खेतको वीरेन्द्रनगरमा उपकुलपतिको कर्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्रभरि क्याम्पस विस्तार गरिने छ। यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
- सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (स्थापना हुन बाँकी): डोटीको दिपायल वा कैलालीमामा उपकुलपतिको कर्यालय राखी सुदूरपश्चिमाञ्चल विकासक्षेत्र भरी क्याम्पस विस्तार गरिने छ। यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएको हो।
- खुल्ला विश्वविद्यालय(स्थापना हुन बाँकी):सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाई नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोल्ने घोषणा गरेको छ।
स्वास्थ्य
नेपालमा धेरै पहिले देखिनै आयुर्वेदीय प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर तथा सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधिका श्रोतहरू नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको सुरुवात राणा प्रधानमन्त्री जङ्गवहादुर राणाको बेलायत यात्रा पछि दरवार भित्र सुरु भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थाको रूपमा राणा प्रधानमन्त्री वीर सम्शेरको पालमा काठामाण्डौमा सन १८८९मा स्थापित वीर अस्पताल नै हो। त्यसपछि चन्द्र सम्शेरको पालामा स्थापित त्रि-चन्द्र सैनिक अस्पताल हो। हाल नेपालका अस्पतालहरू सामान्यतया आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा गरी सरकारी सेवा विद्यमान छ। नेपालमा २०६२।६३मा अस्पतालको संख्या ८९, प्रथामिक स्वास्थ्य चौकी १८०, स्वास्थ्य चौकी ६९९, उपस्वास्थ्य चौकी ३१३१, आयुर्वेदिक औषधालय २९३, प्रति डाक्टर जनसंख्या २०,९९१ र प्रति अस्पताल सैया ३८८९ उपलव्ध छ ।[९]
सेना तथा सुरक्षा अंग
नेपालमा नेपाली सेना,नेपाली सैनिक विमान सेवा,नेपाल ससस्त्र प्रहरी बल,नेपाल प्रहरी,नेपाल ससस्त्र वनरक्षक तथा राष्ट्रिय अनुसन्धान विभाग नेपाल गरी सस्सत्र, तथा गुप्तचर सुरक्षा निकाय रहेका छन।
संवैधानिक अङगहरू
नेपालमा महालेखा परीक्षक, महान्यायाधिवक्ता, लोकसेवा आयोग , अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोग गरी ६ वटा संवैधानिक अङगहरू छन्। महालेखा परीक्षकले अदालत, ससद, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग,निर्वाचन आयोग, नेपाली सेना, नेपाली प्रहरीलगायत कार्यपालिका अन्तर्गत सबै सरकारी कार्यलयको लेखा परीक्षण गर्दछ। त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान र तहकिकात गर्न वा गराउन सक्नेछ। उता लोकसेवा आयोगले निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्दछ भने नेपालको अन्तरिम संविधानको धारा १५७ बमोजिम हुने जनमत सङ्ग्रह तथा स्थानीय निकायको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण निर्वाचन आयोगले गर्दछ। राष्ट्रिय मानव अधिकार आयोगले भने मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने कार्य गर्दछ।
राष्ट्रिय चिन्हहरू
नेपालका राष्ट्रिय चिन्हहरूको सूची यसप्रकार रहेको छ :
- झण्डा: नेपालको झण्डा
- चिन्ह: नेपालको निशान छाप
- राष्ट्रिय पंक्षी: डाँफे
- राष्ट्रिय जनावर: गाई
- राष्ट्रिय गान: "सयौं थुँगा फूलका हामी..."
- बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"
- फूल: लाली गुराँस
- खेल: डन्डी बियो
- भाषा: नेपाली
- पोशाक: दौरा सुरूवाल
- रङ्ग: सिम्रिक
सन्दर्भ सामग्रीहरू
- "National Population and Housing Census 2011 (National Report)". Central Bureau of Statistics (Nepal). अभिगमन तिथि: 26 November 2012.
- "Nepal Economy Profile 2013". Indexmundi.com. अभिगमन तिथि: 20 December 2013.
- "Nepal". International Monetary Fund. अभिगमन तिथि: 20 April 2012.
- "A Country Study: Nepal". Federal Research Division, Library of Congress. अभिगमन तिथि: September 23, 2005.
- "Timeline: Nepal". BBC News. अभिगमन तिथि: 2005.
- "Nepal". CIA World Factbook. अभिगमन तिथि: २००५.
- "Nepal: Economy". MSN Encarta. p. 3. अभिगमन तिथि: September 23, 2005.
- "Nepal". Factbook on Global Sexual Exploitation. अभिगमन तिथि: September 23, 2005.
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदन २०६४
बाहिरी कडीहरू
- CIA World Factbook [१] २०००
- Nepal Population Report २००२
- Images र Photos from different parts of Nepal
- नेपाल सरकार
- राजसंस्था
- परराष्ट्र मन्त्रालय
- प्रधानमन्त्रीको कार्यालय
- नेपाल पर्यटन
|
|
|
Nepalको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
परिभाषा विकिस्नरीबाट | |
पाठ्यपुस्तक विकिपुस्तकबाट | |
उद्घरण विकिकथनबाट | |
स्रोत पदहरू विकिस्रोतबाट | |
चित्र तथा मिडीया कमन्सबाट | |
समाचार विकिसमाचारबाट | |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
Lua error in package.lua at line 80: module 'Module:Error' not found.
विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: Nepal |
श्रेणीहरू:
- Pages with script errors
- टुटेको फाइल लिङ्कहरूसितको पृष्ठ
- नेपाल
- दक्षिण एसिया
- देशहरू
- दक्षिण एसियाली राष्ट्रहरू
- एसिया
नेविगेशन मेनू
- अंक परिवर्तन
- Liladhar pangali
- ०
- ०
- मेरो कुरा
- प्रयोगस्थल
- मेरा अभिरुचिहरू
- बेटा
- मेरो अवलोकनसूची
- मेरो योगदान
- निर्गमन (लग आउट)
- लेख
- वार्तालाप
- पढ्ने
- स्रोत हेर्नुहोस्
- इतिहास हेर्ने
- अवलोकन
- गृह पृष्ठ
- सामाजिक पोर्टल
- हालैका घटनाहरू
- नयाँ परिवर्तनहरू
- कुनै एउटा लेख
- दान
सहायता
- सहायता
- नेपालीमा कसरी टाइप गर्ने?
- चौतारी
- प्रयोगस्थल
- दूतावास
- विशेषाधिकार निवेदन
- प्रबन्धक सूचनापाटी
विविध पृष्ठहरू
- नयाँ पृष्ठ कसरी बनाउने
- वर्णानुक्रम अनुसार लेख खोज्ने
- नेपालीमा अनुवाद गर्नुहोस्
- रित्ता पृष्ठहरू
- अपूर्ण पृष्ठ सम्पादन गर्नुहोस्
औजारबट्टा
- सेयर गर्ने:
- यहाँ के जोडिन्छ
- सम्बन्धित परिवर्तनहरू
- फाइल अपलोड
- विशेष पृष्ठ
- स्थायी लिङ्क
- पृष्ठको विवरण
- Wikidata आइटम
- छोटो युआरयल
- लेख उद्दरण गर्नुहोस्
प्रिन्ट/निर्
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees (Digital Himalaya), retrieved 15 November 2009.